गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

 असार १६, २०८०

अर्घाखाँची: अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र बहखोराको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । सडक बन्द हुँदा सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क भित्रिने यात्रु बीचबाटोमै रोकिएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय