खजुराको रनियापुरमा११ जना बालिकालाई साईकल बितरण सम्पन्न

 असार १७, २०८०

खजुरा: बाँकेको खजुरा गाउँपालिका वडा नम्बर -८ को आर्थिक सहयोग तथा मानबअधिकार तथा बालविकास मंच (मास) बाँके को आयोजनामा वडा नम्बर -८ को वडा कार्यलय मा आईतवार आयोजित एक कार्यक्रम बीच वडा भित्र बसोबास गर्ने थारु ,मधेसि तथा मुस्लिम समुदायका ११ जना बालिकाहरु लाई साईकल बितरण कार्यक्रम सप्पन्न भएको छ |
वडा अध्यक्ष फिरोज खाँ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिक कार्यपालिका सदस्यहरु खल्मुल्निसा साई, सुब्बन धोबि चमार ,वडा सदस्य हनिफ खाँ निबर्तमान वडा सदस्य मुडवा साई वडा सचिब गिरिधारि पौडेल लगायत को उपस्थिति रहेको कार्यक्रममा बालिकाहरु लाई साईकल बितरण गर्दै वडा अध्यक्ष एवम् कार्यक्रम का प्रमुख अतिथि फिरोज खाँ ले
वडा ले बिगत बर्षहरु झै निरन्तर रूपमा वडा कार्यलय ले बालिकाहरु लाई शिक्षा मा उत्प्रेरित गर्ने साईकल बितरण कार्यक्रम लाई निरन्तर रूपमा अगाडी बढाएको र आगामी बर्ष हरुमा पनि कार्यक्रम लाई निरन्तरता दिने बताउनु भयो|
आयोजक सस्था मानवअधिकार तथा बालविकास मंच (मास) बाँके का अध्यक्ष भुपेन्द्र बस्नेत को शभापतित्त्व मा कार्यक्रम सम्पन्न भएको थियो |

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय