जमुनाह नाकाबाट ब्राउन सुगरसहित ३४ वर्षीय रावल पक्राउ

 असार २२, २०८०

नेपालगन्ज : बाँकेकाे जमुनाह नाकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

बाँकेकाे कोहलपुर नगरपालिका वडा ११ बस्ने ३४ वर्षीय खड्क बहादुर रावल लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन ।

भारतको रुपैडिया बाट नेपालगन्ज तर्फ आईरहेको अवस्थामा जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

लागू औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा ४ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरी ले जनाएको छ ।

पक्राउ परेका रावललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानका लागि लगिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय