साेलुखुम्बु हेलिकप्टर दुर्घटना : ६ जनाकाे शव काठमाण्डाै ल्याइँदै

 असार २६, २०८०

काठमाण्डाै: सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएका छ जनाको शव काठमाण्डौ ल्याइँदैछ । दुर्घटनास्थल सोलुखुम्बुको लामोजुरामा मौसम खुलेपछि अहिले हेलिकप्टरले शव ल्याउँदैछन् । शवकाे त्रिवि शिक्षण अस्पतालमा पाेस्टमार्टम हुनेछ । 

आज बिहान मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका सबै छ जनाकै ज्यान गएको थियाे । दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित पाँचै जना मेक्सिकन नागरिक रहेका छन् ।

सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको हो । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।

यसैबीच मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय