नेपालगन्जतर्फ जाँदै गरेको ट्रक बाँकेको सिमानामा पर्ने शिव खोलामा खस्यो
![](http://www.nagarikmat.com/wp-content/uploads/2023/07/IMG_20230719_081001.jpg)
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ ।
रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार) बिहान ४ः३० बजे दुर्घटना भएको हो ।
चालक ट्रकमा च्यापिएको र उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रक पुलको रेलिङ भाँच्दै खोलामा खसेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।
तपाईंको प्रतिक्रिया