भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगञ्जका ६ जनाको मृत्युु

 श्रावण २१, २०८०

नेपालगन्ज – भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेकाे नेपालगञ्जका ६ जनाकाे मृत्युु छ ।
 भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेकाे भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाकाे मृत्युु भएकाे हाे ।

दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताकाे मृत्युुभएकाे छ । यस्तै, नेपालगञ्जकाे त्रिभुवनचोकका सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको दुर्घटनामा ज्यान गएकाे हाे । 

दुर्घटनामा परि गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

 शनिवार हिजाे बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा कार दुर्घटना भएको हाे । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय