आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्जमा ३ दिन विद्यालय  बन्द 

 श्रावण २३, २०८०

बाँके : आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयहरु तीन दिन बन्द हुने भएका छन् ।

उपमहानगरपालिकाले बुधबार देखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धि प्रकोपका कारण बालिबालिकाहरुमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि साउन २४ गतेदेखि २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रति दिन वृद्धि भइरहेकोले उक्त समस्यावाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

आँखा सम्बन्धि रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ । नेपालगन्जका आँखा अस्पतालहरुमा बिरामीको भिडभाड देखिन्छ । नेत्र रोग विशेषज्ञ डा.प्रचण्ड गौतमका अनुसार बिरामीहरु धेरैजसो आँखा पाकेको समस्या लिएर अस्पताल आइरहेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय