बैजनाथ ८ मा भाद्र १८ र १९ गते निशुल्क आँखा जाँच शिविर हुदै

 भदौ ०८, २०८०

बैजनाथ: बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा दुई दिन निशुल्क आँखा शिविर गर्ने भएको छ ।
शुक्रबार वडा कार्यलयले एक सूचना जारी गर्दै भाद्र १८ र १० गते निशुल्क आँखा चेकजाँच हुने सूचनामा उल्लेख गरिएको छ । पछिल्लो समय आँखा पाक्ने रोगलाई मध्यनजर गरी निशुल्क आँखा जाँच गर्न लागिएको जनाएको हो।
भिजन आँखा अस्पताल नेपालगंज बाँकेको सहकार्यमा बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटीहिरिया स्वास्थ्य चौकीमा निशुल्क आँखा चेकजाँच हुने छ । उक्त शिविरमा सेवा प्राप्तिका लागि नाम दर्ता शुल्क भने रु २० रुपैयाँ लाग्ने वडा कार्यलयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय