आरजु राणाको कृषि समितिकाे सभापतिमा उम्मेदवारी

 भदौ १०, २०८०

काठमाडौं : नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले कृषि समितिको सभापति रोजेको बताएकी छन् ।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जबाफदेही बनाउने निकाय भएको उनको भनाइ थियो । उनले भनिन्, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’ 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय