सर्पको टोकाइबाट जानकी स्थित
एक विद्यालय सहयोगी चमारको
मृत्यु

 भदौ ११, २०८०

नेपालगन्ज / विषालु सर्पको टोकाइबाट बाँकेमा एक विद्यालय सहयोगीको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँका विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

भदौं ५ गते मंगलबार राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई नाम नखुल्ने विषालु सर्पले टोकेको थियो ।  बिहान सम्म सुतिरहेको गम्भीर अवस्थामा चमारलाई देखेपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्‍याइएको थियो ।

उपचारका क्रममा पाँच दिनपछि आइतबार बेलुका करीब ७ बजेतिर उनको मृत्यु भएको अभिभावक संघका अध्यक्ष मनमोहन वर्माले जानकारी दिनुभयो । चमारको अन्तिम संस्कार सोमबार गर्ने पारिवारिक स्रोतले जनाएको छ । उनको ८ महिने एउटा दुधे बालक र श्रीमान छन ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय