एसिया कप खेल्न सन्दीप पाकिस्तान जाँदै

 भदौ ११, २०८०

काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जान लागेका छन् । सोमबार कतारको दोहा हुँदै लामिछाने पाकिस्तान जान लागेका हुन् । 
जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान जान लागेका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको उडानबाट उनी कतारको राजधानी दोहा पुग्नेछन् । त्यहाँबाट स्थानीय समय अनुसार १९ः४० को उडानबाट उनी पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । स्थानीय समय अनुसार रातको १ बजे लामिछाने मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । 

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् । 

भदौ २१ गते तय गरिएको पेसीका लागि लामिछाने भदौ २१ गते बिहान नेपाल आइपुग्ने लामिछानेका कानुन व्यवसायी घिमिरेले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय