नन्दलाल वैश्यद्वारा भूकम्पमा परि घाइते भेरी अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरुलाई कम्बल र तन्ना वितरण

 कार्तिक १८, २०८०

नेपालगन्ज : कसौधन वैश्य समाज बाँकेका पुर्ब अध्यक्षमा तथा राप्रपा पार्टीका केन्द्रिय सदस्य नन्दलाल वैश्य कम्बल र तन्ना वितरण गरेका छन ।
जाजरकोट भूकम्पमा परि घाइते भई भेरी अस्पतालमा उपचाररत बिरामी र बिरामीका कुरुवाहरुलाइ सहजता मिलोस भनी ३१ ओटा कम्बल र तन्ना वितरण गरेको वैश्यले बताए ।
कुरुवाहरुलाई कम्बल र तन्ना वितरण गर्दै सहयोगि मनका धनी नन्दलाल वैश्यले बिपत्तिको बेलामा सबैले मिलेर  सहयोग गर्नु पर्ने बताए ।
जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा बिरामी कुरुवाको लागि ३१ ओटा तन्ना वितरणगरेको छु र आवश्यक खन्डमा अझै सहयोग गर्ने वैश्य बताए ।
धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धी निकायलाई अनुरोध गरेकासहयोगी मनका धनी
वैश्यले यस दु:खको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय