हरिवोधिनी एकादशी मेलाको आय ब्यय सार्वजनिक कार्यक्रम सम्पन्न

 मङि्सर २५, २०८०

मिति २०८० मंसिर २३ गते शनिवार (विहान ९ देखि ११ बजे सम्म) अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ पारी न्यू जर्नी युवा क्लवले यस क्लवको नेतृत्व तथा ब्यवस्थापनमा मिति २०८० मंसिर ७ गते साँझ देखि ८ गते दिउँसो सम्म बैजनाथ ६ लालपुर स्थित खेल मैदानमा संचालित पौराणिक तथा परम्परागत मेला हरिवोधिनी एकादशी मेला, २०८० को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, शिक्षक, युवा, स्थानीय वासिन्दा लगायतको प्रतिनिधित्व रहेको थियो ।

उक्त कार्यक्रममा क्लवका सचिव तथा आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक सुमन विश्वकर्माले मेलाको आय ब्यय विवरण प्रस्तुत गरेका थिए । जस अनुसार मेलाको जम्मा आम्दानी रु. ५,१९,९५०।- जम्मा खर्च रु. १,९५,१७०।- बचत रु. ३,२४,७८०।- रहेको छ भने उक्त बचत रकम कुमारी बैंक शाखा कार्यालय, सम्झना बजारमा रहेको क्लवको खाता नं. १७४००९५६०३८००००१ मा जम्मा गरिएको उनले जानकारी गराए ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य देव बहादुर खत्री, नेकपा एमाले लुम्विनी प्रदेश कमिटि सदस्य नन्द विश्वकर्मा, नेपाली काँग्रेस बैजनाथ कमिटि सभापती देव बहादुर केसी, नेकपा माओवादी केन्द्र बैजनाथ कमिटि अध्यक्ष जयबहादुर विक, वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष भद्रबहादुर बस्नेत, बैजनाथ गाउँकार्यपालिका सदस्य कमानसिंह सुनार, नेरामावी ओरीलालपुरका प्र.अ. पहलमान वली, न्यू हरियाली सामुदायिक वनका अध्यक्ष रामकुमार राना, बैजनाथ राष्ट्रिय दैनिकका संचालक तथा पत्रकार कुशल दलामी, स्थानीय समाजसेवी रामकुमार सुनार लगाएतले क्लव तथा मेला ब्यवस्थापन समितिलाई आफ्ना महत्वपूर्ण सल्लाह सुझावहरु दिँदै क्लवले गरेको समुचित ब्यवस्थापनका निम्ती धन्यवाद समेत ब्यक्त गरेका थिए ।

कार्यक्रमका सहभागीहरुलाई क्लवका कार्यवाहक अध्यक्ष श्याम वलीले स्वागत गरेका थिए । उक्त कार्यक्रम बैजनाथ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष भुपाल पुनमगरको प्रमुख आतिथ्यमा तथा मेला ब्यवस्थापन मुल समितिका संयोजक तथा क्लवका सदस्य मेघराज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । संयोजक मेघराज खड्काले कार्यक्रमका सहभागी, मेला समिति अन्तरगतका विभिन्न समिति तथा उपसमितिहरुमा बसी काम गरेका ब्यक्तिहरु, आर्थिक संकलनका लागि रसिद काट्न खटिएका भाईहरु, सुरक्षा निकाय, संचारकर्मी, मेला संचालनका लागि अनुमिति प्रदान गर्ने बैजनाथ गाउँपालिका, सुरक्षा ब्यवस्थापनका लागि समन्वय गरिदिने जिल्ला प्रशासन कार्यालय बाँके, आवश्यक सुरक्षा प्रबन्ध मिलाउने सम्झना प्रहरी चौकी, न्यूहरियाली सामुदायिक वन, ओम शिव कैलाशेश्वर धाम, ब्यानर प्रिन्टिंग लगायत प्राविधिक काममा सहयोग पुर्याउने विहानी प्रिन्ट मार्ट, मेला भर्न आएका आम नागरिकहरु लगायत मेलालाई सभ्य, भब्य, अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्न आ-आफ्नो तह र तप्काबाट अहम भुमिका निर्वाह गर्ने सवैलाई धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय