लुम्बिनी प्रदेश क्रिकेट खेलाडी छनौटमा बाँके क्यान को आपति, छ्नौट भएका खेलाडी खेल्न नजाने

 पुष २५, २०८०

बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ ।

प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई पराजित गर्दै बाँकेले जितेको थियो । लुम्बिनीले प्रदेश छनोटको लागि २२ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा लुम्बिनीको बन्द प्रशिक्षणमा सिद्धान्त शाही, मोहम्मद सादब अन्सारी र लवकुश यादव बाँकेबाट परेका छन् । ‘बन्द प्रशिक्षणमा बोलाएको २२ जना खेलाडी कुन आधारमा गरिएको हो ? च्याम्पियन बाँकेबाट तीन मात्रै खेलाडी र अरु खेलाडी किन नपरेको हो ? खेलाडी छनोटको आधार के हो ? यसरी आफ्नो मान्छेलाई छनोट गर्ने किसिमको कार्य बाँकेले विरोद गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छौं’, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले एक प्रेस विज्ञप्तिमा भनेका छन् ।

लुम्बिनीको टोलीमा यस पटक  नाम चलेका खेलाडी छैनन् । सौरभ खनालले क्रिकेट खेल्न छाडेका छन् । देव खनाल, विशाल विक्रम केसी र आकाश त्रिपाठी यू१९ विश्वकपको कारण टोलीमा छैनन् । त्यस्तै बसिर अहमद र सन्दीप रजाली आर्मीमा  गई सकेका छन् । देव पनि यू१९ पछि आर्मीमा जाने तयारीमा रहेका छन् ।

लुम्बिनीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : सुशान्त सिंह थापा (कप्तान), मोहम्मद सादव अन्सारी, लवकुस यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अली, अजित यादव, नरबहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मिर्नल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, बृष्णु कटारिया, प्रज्जवल थापा, विराट भण्डारी, बिर बहादुर सरु मगर, मोहन खत्री, मोहम्मद हुसेन, प्रतिक भट्टाराई र निर्मल गुरुङ ।

उता नागरिक मत संग कुरा गर्दै खेलाडी छनौट बिषय उठेको विवाद का बारेमा लुम्बिनी प्रदेश  क्रिकेट  संघ का अध्यक्ष सन्जय गुरुङ ले अनावश्यक विवाद गरेर खेलाडी हरु को मनोबल निरुत्साहित नगर्न सम्बद्ध पक्षलाई आग्रह समेत गर्नु भएको छ

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय