बर्दियाको पर्यटकिय स्थल बढैयातालमा माघे सक्रान्तीको अवसरमा बिशेष माघि मिलन कार्यक्रम हुने

 पुष २, २०८०

२९ पौष | बर्दियाको पर्यटकिय स्थल बढैयातालमा माघे सक्रान्तीको अवसरमा बिशेष माघि मिलन कार्यक्रम हुने भएको छ ।

थारु समुदायको महान चाड माघीको अवसरमा माघ १ गते माघी मिलन कार्यक्रम आयोजना हुन लागेको हो । बर्दिया जिल्ला कै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित बढैयातालमा  बिशेष मेला लाग्दै आएको छ ।  बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं. ५ मा बढैयाताल तथा सिमसार क्षेत्र अवस्थित रहेको छ |

माघी मिलन कार्यक्रममा स्थानिय थारु समुदायको झाकी, थारु सांस्कृतीक कार्यक्रम, थारु परिकार  मेलामा  रहने  आयोजक समितीका संयोजक राकेश थारुले बताएका छन् ।

कार्यक्रममा स्थानिय तथा राष्टिय कलाकारको सांस्कृतीक प्रस्तुती समेत रहने छ । बढैयाताल गाँउपालिका वडा नं. ५ को आयोजना तथा  बढैयाताल गाँउपालिकाले   मेला संरक्षकको भुमिका निभाएको छ । मेलामा सहभागीहरु लाई निःशुल्क प्रवेश  तथा डुगां शयर  गर्नका लागि  ५० प्रतिशत छुटको ब्यवस्था गरिएको आयोजकले जनाएको   छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय