बैजनाथमा समुहगत खेलमा मापदण्ड बिपरित खेलाडी छनौट ,बिद्यालय र खेलाडीहरुको आपत्ति

 माघ २६, २०८०

यही माघ २७गतेभोलि देखी २९ गते सम्म बाँके को नेपालगन्ज मा सन्चालन हुने बिध्यालय स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन गहिरिएको छ । जिल्ला का ८ वटै स्थानीय तह मा सन्चालन भएको छनौट प्रतियोगिता बाट ब्यक्तीगत प्रतिस्पर्धा र टिमगत प्रतिस्पर्धा बाट छनोट भएका खेलाडीहरुले जिल्ला स्तरिय प्रतियोगिता मा सहभागीता जनाउदै आएका छन् । यसै बीच बैजनाथ गाउँपालिका बाट टिमगत प्रतिस्पर्धा गर्ने खेलहरुमा खेलाडी छनौट गर्दा खेलाडी को प्रदशन को मुल्यांकन बिना नै छनोट मा बसेकाहरुले मनोगत भावनले खेलाडी छनाैट गरिएको प्रती स्थानीय बिध्यालय तथा खेलाडीहरु ले आपत्ति जनाएका छन । प्रतियोगिता अवधिभर खेलमा उत्कृष्ट प्रदशन गरेका खेलाडी लाई सम्पर्क मा बोलाएर अन्तिम अवस्थामा टिम नराखेको खेलाडीहरुको गुनासो रहेको छ । यता खेलाडी छनौट विषयमा बैजनाथ शिक्षा तथा खेलकुद शाखा मा जवाफका लागी सम्पर्क गर्दा यस बिषयमा बैजनाथ खेलकुद बिकास समिती सदस्य कुल बहादुर भण्डारी र सुरेन्द्र दाहाल लाई जिम्मा दिएको बताईएको छ । यसरी बालबालिका सहभागि यस्तो संबेदनसिल बिषयमा नियमन गर्ने निकाय शिक्षा तथा खेलकुद शाखा ले खेलकुद लाई ब्यवस्थित रूपमा सन्चालन गर्ने नसक्दा खेल भावनाबिपरित बालबालिका को मनोभावनामा समेत नकारात्मक असर गरेको सम्बद्धसरोकारवालाहरु को भनाई रहेकोछ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय