बैजनाथमा ४५ दिने एडभान्स सिलाइ कटाई तालिम सञ्चालनमा

 जेठ ११, २०८१

११, जेठ। बाँकेको बैजनाथ गाउँपालिकामा ४५ दिने एडभान्स सिलाई कटाई तालिम आजदेखि शुरु भएको छ ।मागमा आधाररित महिला स्वावलम्बन कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिकाको र्आिर्थक सहयोगमा, मानव अधिकार तथा बालविकास मञ्च (मास), बाँकेको आयोजनामा बैजनाथ गाउँपालिकाको वडा नं. ८, चाँदनी बजारमा आजदेखि शुरु भएको छ ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले प्रमुख अतिथिको रुपमा तालिमको उद्घाटन गर्दै यो तालिमबाट महिलाहरु स्वालम्बन बन्न तथा सीपको विकास गरी आय आर्जन गर्नमा तालिमका सहभागिहरु सक्षम हुने विश्वास व्यक्त गर्नुका साथै तालिमका माध्यमबाट सहभागिहरुको आर्थिक विकास र समाजमा महिला शसक्तिकरणमा समेत बल पुग्ने कुरा व्यक्त गर्नु भयो ।


तालिममा बैजनाथ गाउँपालिकाका वडा नं. ६ र ८ का २५ जना महिलाहरु सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष भुप बहादुर बस्नेतले बताउनु भयो । सहभागिहरु व्यवसायीकरुपमा सिलाई कटाई पेशा गरी आत्मनिर्भर बन्न सक्ने बनाउनु तालिमको उद्देश्य रहेको अध्यक्ष बस्नेतले बताउनु भयो ।

मास, बाँकेका अध्यक्ष भुप बहादुर बस्नेतको अध्यक्षतामा भएको ४५ दिने एडभान्स सिलाई कटाई तालिमको उद्घाटन कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष भुपाल पुन मगर, वडा सदस्य इन्द्रा भण्डारी, वडा नं. ८ का वडा सदस्य शुक्र बहादुर रावत लगायत तालिमका प्रशिक्षक एवम् २५ जना प्रशिक्षार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय