बैजनाथमा मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिका लागि पुनतार्जकी तालिम सम्पन्न

 जेठ १७, २०८१

बैजनाथमा मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिका लागि पुनतार्जकी तालिम सम्पन्न
१७ जेठ, बाँके । बैजनाथका मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिका लागि पुनतार्जकी तालिम सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकाको आयोजनामा न्यायिक समितिमा सूचिकृत मेलमिलापकर्ताहरुको लागि दोस्रो चरण अन्तर्गत वडा नं. ५,६,७ र ८का मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धिका लागि १४ गतेदेखि सञ्चालन भएको तालिम बुधबार सम्पन्न भएको छ ।
४२ जना मेलमिलापकर्ताहरु सहभागि भएको उक्त तालिममा मेलमिलापकर्ताहरुले हालसम्म गर्दै आएका अभ्यास तथा सिकाइहरु तथा न्यायिक समिति मार्फत हुने न्याय सम्पादनको विश्वासनीयता र कानुनी अभ्यासका बारे सहभागिहरुमा सिकाइ आदान प्रदान मार्फत तालिमका सहभागिहरुलाई सहजिकरण गरिएको थियो ।


कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक निर्मला रोकायले मेलमिलाप कर्ताहरुले पुनर्ताजकी तालिमबाट सिकेको ज्ञान तथा सीपलाई समुदायमा हुने विवाद तथा समस्या समाधानका लागि उपयोगी हुने र यसका लागि हरेक मेलमिलाप कर्ताहरुले वडा स्तरमा निस्पक्ष, तटस्थरुपमा दुबै पक्षलाई न्याय दिने तरिकाले सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने कुरामा न्यायिक समिति विश्वस्त रहेको बताउनु भयो ।


उक्त तालिमको समापन कार्यक्रममा बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विश्वराज ढकाल, न्यायिक समितिका सदस्यहरु दिप बहादुर थापा, विमलासिंह थारु, उपस्थित रहनुका साथै अधिवक्ताहरु भानुभक्त रिजाल र कपिलदेव शर्माले ३ दिनसम्म सञ्चालित उक्त तालिममा सहजिकरण गर्नुभएको थियो । साथै पहिलो चरणको तालिम अन्तर्गत जेठ ११ देखि १३ गतेसम्म वडा नं. १, २, ३ र ४ का सूचिकृत मेलमिलापकर्ताहरुको बैजनाथ १ मा सम्पन्न भएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय