बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, १० बढी खसीबोका मरे

 श्रावण २४, २०८१

नेपालगन्ज :बाँकेको ढकेरी सडक खण्ड अन्तर्गत झिझिरीको ओरालोमा स्कुल कसले किच्दा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १० बढी खसीबोका (बाख्रा) मरेका छन् । चप्परगौडीको ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सडकमा हिँडिरेको बाख्रा र पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुरको चप्परगौडीबाट बिद्यार्थी छाड्न गएको बसले झिझिरीको ओरालोमा ठक्कर दिँदा खसीबोका चराउन आएका स्थानीय गोबिन्द ओलीको मृत्यु भएको छ । कम्तीमा १० बढी खसीबोका मरेको बताइएको छ ।
खसीबोका चराउन आएका स्थानीय ओलीको  मृत्यु हुनुका साथै खसीबोकाको मृत्यु भएपछि स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय