अर्घाखाँची प्रहरीको सफलता, १२ वर्ष पछि फरार प्रतिवादी पक्राउ

 कार्तिक ०६, २०७

कुलेन्द्र बिश्बकर्मा / अर्घाखाँचीमा १२ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी प्रहरीले आईतवार सार्वजनिक गरेको हो ।


पक्राउ पर्नेमा भुमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षिय शालिक बहादुर बुढा र ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।


गोप्य सुचनाका आधारमा उनीहरुलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट जिल्ला प्रहरी कायांलय अघांखाँचीबाट प्रहरी निरिक्षक अजुंन पौडेलको नेतृत्वमा खटिएको टोलिले पक्राउ गरेको हो । उनीले २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षिय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए ।


जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय