तिहारको दिन यस्तो हुनेछ मौसम

 कार्तिक ०७, २०७

काठमाडौं । आज लक्ष्मी पूजाका दिन देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

८ कार्तिक मङ्गलवार गाई गोरु पूजा, खण्डग्रास सूर्य ग्रहणका दिन भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।  मङ्गलवार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय