गर्भवती बनेकी अभिनेत्री श्वेता सामाजिक सञ्जालमा भाइरल

 कार्तिक ०, २०७

काठमाडौं । गर्भवती बनेकी अभिनेत्री श्वेताको तस्बिर सामाजिक संजालमा भाईरल भएको छ ।
गर्भावस्थालाई उत्सव बनाउने चलन धेरै पुरानो होइन । पहिले-पहिले गर्भवतीले सकेसम्म आफूलाई ढाकछोप गर्न प्रचलन थियो । खुकुलो पहिरन लगाउँथे, ताकि बढ्दै गरेको पेट नदेखियोस् । अहिले परिस्थिति र मनस्थिति फरक छ ।
जब गर्भको बच्चा हुर्कंदै जान्छ र पेटको आकार बढ्दै जान्छ, यसलाई एउटा उत्सवकै रुपमा लिन थालिएको छ । अतः यसको सुरुवात भएको छ, सेलिब्रिटीबाट ।

जस्तो कि, अभिनेत्री श्वेता खड्का । भर्खरै मात्र उनले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा साझेदार गरेकी छन् । रातो लेहेंगा चोलीमा ठाँटिएर उनले फोटोसुटको लागि केही पोज दिएकी छिन् । तस्वीरमा उनीसँगै श्रीमान विजयेन्द्रसिंह राउत पनि छन् । उनीहरुले प्रेमिल भावभंगीमामा केही थान फोटो खिचाएका छन् ।

अभिनेत्री श्वेताले गएको मंसिरमा विवाह गरेकी हुन् । पछिल्लो समय उनी फिल्मभन्दा व्यापार–व्यवसायमा सक्रिय छिन् । श्वेता ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय