काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो

 कार्तिक १, २०७

काठमाडौं । काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बा ४ ख ५७९० नं को बस त्रिशूलीमा खसेको छ।

सडकबाट बस सडकबाट २ सय मिटर तल खसेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवार २० जना घाइते भएका र घाइते मध्ये एकजना गम्भीर घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी काठमाडौं पठाइएको छ ।

साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

डिएसपी श्याम बहादुर खत्रीका अनुसार गाडी पानीमा नडुबेकोले घाइतेहरुको सहज उद्धार गरिएको हो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय