गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गर्नुको कारण यस्तो रहेछ  

 कार्तिक २२, २०७

काठमाडौं । आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले आफु अँध्यारोमा हराउन मात्र खोजेको प्रस्टीकरण दिएका छन् । कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भए लगत्तै उनले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन् ।

कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यहि कारण पनि म आफूले आफैलाई दुखि बनाउँछु

धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केहि छिन हराउँनु म मर्नु हैन नि ।’ उनले लेखेका छन् ।
उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई । गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।’

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय