नोटले भोट किन्नेले भ्रष्टाचार गर्छ : डा. धवल शमशेर राणा

 कार्तिक २३, २०७

नेपालगन्ज । बाँके क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. धवल शमशेर राणाले नोटले भोट किन्नेले भ्रष्टाचार गर्ने बताएका छ्न् ।
मंगलवार एमाले र राप्रपाले संयुक्त रुपमा नेपालगन्जमा आयोजना गरेको यूवा तथा महिला भेलालाई सम्बोधन गर्दै डा.राणाले यस्तो कुरा बताएका हुन ।
बिकास प्रेमि नेताको रुपमा परिचीत राणाले आफुले नेपालगन्ज उपमहानगरपालिका मेयर रहँदा भ्रष्टाचार गरेको प्रमाणित भए फाँसी लगाउन तयार रहेको समेत बताए । ‘मैले एक रुपैँया भ्रष्टाचार गरेको छैन ।

भ्रष्टाचार गरेको प्रमाणित भए फाँसी लगाउन तयार रहेको बताउदै राणाले अब मतदाताहरुको अाँखा नखुले ५ बर्ष पछुताउनु पर्ने भन्दै नोटसँग भोट नसाट्न आममतदातासँग आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय