बैजनाथका भुमिहिन, सुकुम्वासीको तथ्यांक प्रमाणित गर्ने प्रक्रिया सुरु

 कार्तिक २३, २०७

बैजनाथ । बैजनाथ गाउँपालिका भित्र रहेका भुमिहिन दलित र भुमिहिन सुकुम्वासीको तथ्यांक प्रमाणित गर्ने प्रक्रिया अगाडी बढेको छ । मालपाते कार्यालय बाँकेमा तथ्यांक प्रमाणित गर्ने प्रक्रिया अगाडी बढाएर काम सुरु गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । 

‘बैजनाथ गाउँपालिका भित्र रहेका भुमिहिन दलित र भुमिहिन सुकुम्वासीको तथ्यांक प्रमाणित गर्न मालपोत कार्यालयमा प्रक्रिया अगाडी बढाएर काम सुरु भएको छ,’ उनले भने ‘भुमिहिन दलित र भुमिहिन सुकुम्वासीका लागि यो अत्यन्त महत्वपूर्ण काम हो ।’

बैजनाथ गाउँपालिकाको नेतृत्वमा आईसकेपछि भुमिहिन, सुकुम्वासीका लागि निरन्तर पहल गर्दै आएकोमा यो काम सम्भव भएको अध्यक्ष शाहीले बताए । बैजनाथ गाउँपालिकाको विभिन्न वडामा रहेका भुमिहिन दलित र भुमिहिन सुकुम्बासीले विगत २०२४ सालदेखी लालपुर्जा पाएका छैनन् ।

हातमा लालपुर्जा नहुँदा बैंकिङ कारोबार लगायत महत्वपूर्ण काम गर्न पाएका छैनन् । गाउँपालिका कार्यालयका अनुसार बैजनाथमा ९ सय ३४ घरधुरी भुमिहिन दलित र १ हजार ६ सय ३९ घर भुमिहिन सुकुम्बासी रहेका छन् । 
 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय