विकास, समृद्धि र भाइचाराको लागि चुनाव लडिरहेको छु: इश्तियाक राई

 कार्तिक २८, २०७

नेपालगन्ज : जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विकास, समृद्धि र भाइचाराको लागि चुनाव लडिरहेको बताए ।

आइतबार जेसिस बाँकेले बाँके क्षेत्र नं.२ का प्रदेशसभा उम्मेदवारसँग ककस कार्यक्रम राखेर जनतासँग सिधा प्रश्नोत्तर नेपालगन्जको त्रिभुवन चोकमा भएको खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा यस्तो कुरा बताएका हुन ।

प्रतिनिधीसभाका अन्य दुई उम्मेदवार धवलशम्शेर राणा र सुदिप नरसिंह राणा भने अनुपस्थिति भए । त्यसक्रममा जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्।

उम्मेदवार राईले ज(जसले धार्मिक र साम्प्रदायिक नारा लगाए पनि आफ्नो जीवन रहँदासम्म यहाँको सामाजिक(धार्मिक सद्भाव र भाइचार खलबलिन नदिने प्रतिज्ञा पनि गरे। ‘तपाईंहरू ढुक्क हुनुहोस्।
म यहाँको विकास र समृद्धिका लागि लडिरहेको छु। जजसले जे जे भने पनि यहाँको धार्मिक र सामाजिक सद्भाव बिग्रिन दिनेछैन। म विकास, समृद्धि र भाइचाराको लागि चुनाव लडिरहेको छु। त्यसका लागि जहिले पनि जहाँबाट भए पनि लडिरहनेछु’ उनले भने।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय