अर्घाखाँचीमा रायमाझी र भुसाल चुनावी मैदानमा, कस्ले मार्ला बाजी ?

 कार्तिक २८, २०७

अर्घाखाँची: आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सबैको चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा नेकपा एमाले
तर्फबाट उम्मेदवार पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसाल चुनावी मैदानमा छन् ।
यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले अहिले सबैको ध्यान अर्घाखाँची तर्फ केन्द्रित भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी र उपसभामुख पुष्पा भुसाल बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

रायमाझी र भुसाल दुवै जनाले आ-आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । कसैको पनि जीत सुनिश्चित छैन । चुनाव लक्षित कार्यक्रममा दुवै उम्मेदवारले जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् ।

पाँच वर्षयता अर्घाखाँची विकासकाले गति लिएको भन्दै अब अधुरा कामलाई पुरा गर्न आफूले जित्नै पर्ने रायमाझीले बताए ।

“यो क्षत्रेमा पाँच वर्षमा धेरै काम भएको छ”, रायमाझीले भन्नुभयो, “जनताले विकास चाहेका छन्, यहाँका जनताको जनजीविका उकास्ने र विकासको मार्गमा डोहोर्याउन मैले जित्नु पर्छ ।” विकास र परिवर्तनको आकांक्षा राख्ने यस क्षेत्रका जनताको दर्बिलो समर्थन आफूलाई मिलिरहेको र सोही कारण पनि आफ्नो जीत हुने उहाँ दाबी गर्नुहुन्छ ।

स्थानीय आवश्यकतासँगै राष्ट्रिय एजेण्डासहित भुसाल जनता माझ पुगिरहेकी छिन । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा गठबन्धनका उम्मेदवार भुसाल बलियो मानिएको छ ।भुसाललाई गठबन्धनको दर्बिलो समर्थन छ ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमाले जम्मा ४८२६० मत प्राप्त गर्दा गठबन्धनले ५३७७२ मत प्राप्त गरेको थियो । गठबन्धन ५५१२ मतले अगाडी देखिएकाे छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय