एक मतमात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् : इश्तियाक राई

 कार्तिक २८, २०७

नेपालगन्ज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश निर्वाचन नजिकिँदै जाँदा विभिन्न पार्टीहरु आआफ्नो एजेन्डा लिएर जनताको घरदैलो पुगिरहेका छ्न । जनता समाजवादी पार्टीले निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई अझ तीव्र बनाएकको छ । जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले मतदाताको घर घरमा पुगि मतदाताहरुका गुनासा सुन्दै ती गुनासा पूरा गर्ने बाचा गरेका छन्।

प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई सम्बोधन गर्दै राईले फेरि पनि यस क्षेत्रमा समग्र विकासको लहर ल्याउनका लागि जसपाका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका थिए।

‘तपाईं-हामी सबैको एक-एक मतको महत्व छ। यो क्षेत्रको विकासका लागि हाम्रा सबै मत अमूल्य छन्। त्यसैका आधारमा यहाँको विकासको मार्गचित्र तयार हुनेछ’ उनले मतदाताहरूलाई समुझाउँदै भने ‘यो महत्वपूर्ण घडीमा एक मतमात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् र झुटा आश्वासनहरू कहिल्यै पूरा हुनेछैनन्।’

राईले समाजमा विग्रह ल्याउन र सामाजिक सद्भाव खलब्ल्याउनका लागि अहिले प्रतिस्पर्धी उम्मेदवारहरूले धर्म र सम्प्रदायका मुद्दाहरू चर्काइरहेको आरोप पनि उनले लगाए।

‘यस्ता मुद्दाले हाम्रो प्रगती हुँदैन। हामी फेरि उही युगमा फर्किने कि विकासको नयाँ युगमा आफ्ना पुस्तालाई डोर्‍याउने? यो गम्भिर प्रश्न हो र त्यसको फैसला हाम्रा एकएक मतहरूले गर्नेछन्’ उनले भने ‘अब धर्म, जाति र सम्प्रदायका कुरा गरेर जनता वेवकुफ बनाउने समय छैन। हरेक मतदाता सचेत हुनुहुन्छ र आफ्नो मतको मूल्य सबैलाई थाहा छ।’

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय