‘आम मतदाताले म प्रती देखाएकाे  प्रेम र स्नेहको गुण यहाँको विकास गरेर तिर्नेछु’: इश्तियाक राई

 कार्तिक २, २०७

नेपालगन्ज : जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र समर्थनका अगाडी कसैको केही नलाग्ने ठोकुवा गरेका छन् । 

राईले ‘आम मतदाताले म प्रती देखाएकाे प्रेम र स्नेहको गुण मैले यहाँको विकास गरेर तिर्ने बताउदै आज पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए । र, त्यसको एकमात्रै आधार भनेको आम मतदाताले देखाएको उत्साह र हौसला नै रहेको उनको भनाइ छ । 
क्षेत्र नं २ मा मतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका राईले जनता समाजवादी पार्टीप्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताएका छन् । 
‘हामी कुनै राजनीतिक दलहरूसँग गठबन्धन गरेर त्यसैको भरमा चुनाव लड्न आइरहेका छैनौं। हामीलाई हामीप्रति नै विश्वास छ । हाम्रा मतदाताप्रति विश्वास छ ।

चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टीले आफ्नो चुनावी अभियान तीव्र बनाउँदै लगेको छ । बिहान सवेरैदेखि राति अबेरसम्म प्रतिनिधिसभाका उम्मेदवार राई, प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायत अन्य समानुपातिक उम्मेदवारहरू तथा जिल्लाका नेता कार्यकर्ताहरू जनताको घरदैलोमा पुगिरहेका छन् । 
जसपाको चुनाव प्रचार प्रसार समितिका अनुसार बिहानैदेखि चुनाव परिचालन समितिका स्वंयसेवकहरूले घरघरमा पुगेर हरेक मतदातालाई बदर नहुनेगरी मतपत्रमा छाप लगाउन सिकाइरहेका छन् ।

‘हामी आफैं पनि बिहानैदेखि रातिसम्मै मतदाताकै घरदैलोमा छौं । मतदातासँग भोटको अपिल पनि गर्छौं र मत खेर नजाओस् भनेर हामीले मतदाता शिक्षा पनि सँगसँगै दिइरहेका छौं’ राईले भने ‘मतदातासँग प्रत्यक्ष भेट्दा जसपा र हाम्रा उम्मेदवारहरूप्रति हामीले उहाँहरूको अथाह उत्साह पाएका छौं । विश्वास पनि गर्नुभएको छ ।’
राईले आफूले यसअघि गरेका कामहरूको मूल्याङ्कन यहाँका नागरिकले गरिसकेको र अझै विकासको सम्भावनाका लागि आफूहरूप्रति नै विश्वास व्यक्त गरेको पनि बताए । 
‘अब हामी यो भन्न सक्छौं कि मतदाताको आफ्नो विवेकभन्दा ठूलो चुनावमा अरू हुनैसक्दैन । केही दलहरू मिलेर आफ्नो शान र शक्ति देखाउँदैमा भोट आउँदैन’ राई भन्छन् ‘हामीलाई फेरि पनि मतदाताले विश्वास गर्नुभएको छ । त्यही नै हाम्रो चुनाव जित्ने आत्मविश्वास पनि हो । हामीले कुनै पनि मतदाताको सपना खेर जान दिनेछैनौं ।’
 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय