पुस्ताले गर्व गर्ने विकास आयोजनाहरू ल्याउनेछु :  इश्तियाक राई

 कार्तिक ३०, २०७

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्‍याएर मतदान गर्न अपिल गरेका छन् ।

डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो अधिकार खोस्न चाहनेहरूबीचको लडाईं भएको भन्दै त्यसमा विवेक पुर्‍याउन आग्रह गरेका हुन्।

‘राज्यका हरेक संचरनामा आज हाम्रो पनि सहभागिता स्विकार्यता भएको छ। संविधानले हामीलाई स्विकार गरेको छ। हाम्रा धाती अनि कुर्ताहरूलाई राज्यले पहिचान दिएको छ। हाम्रो भाषालाई राज्यले सम्मान गरेको छ’ गाउँगाउँबाट जुटेका सयौं मतदाताहरूलाई सम्बोधन गर्दै उनले भने ‘हामीले आफ्नो पहिचान र अधिकारका लागि हज्जारौंले रगत पसिना बगाएका छन्। यो कसले जित्ने भन्नेमात्रै चुनाव होइन। यो त ती अधिकार जोगाउने कि फेरि त्यसलाई कसैको मुठ्ठीमा सुम्पिने? त्यसको फैसला पनि हो।’

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय