काठमाडौँबाट अर्घाखाँची मतदान गर्न आउनका लागि २७ वटा बस रिजर्व

 मङि्सर ०२, २०७

अर्घाखाँची: मंसीर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँबाट अर्घाखाँची मतदान गर्न आउनका लागि २७ वटा बस रिजर्व भएका छन् । विभिन्न पार्टीले आफ्ना मतदातालाई बस रिजर्व गरेर जिल्ला ल्याइरहेका छन् ।

काठमाडौँबाट नियमित दुईवटा बस चल्ने जिल्लाहरुमा २७ वटासम्म बस रिजर्व भएका छन् । गोगबु नयाँ बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी संघको टिकट काउन्टरका अनुसार गुल्मीको तम्घासका लागि २६ वटा बस रिजर्व भएका छन् । अर्घाखाँचीका लागि २७ र पाल्पाका लागि १७ वटा बस रिजर्व भएका छन् । कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाहरुमा भने क्रमशः पाँच सातवटा बसमात्र रिजर्व भएका छन् ।

जिल्ला जानेहरुका लागि काठमाडौँ बसपार्कबाट करिब ६० प्रतिशत बसहरु रिजर्व भएका छन् । सम्बन्धित पार्टीका भातृसंगठनहरु र उम्मेदवारले नै बसहरु रिजर्व गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका अनुसार सोही रुटमा चल्ने बसहरु रिजर्व भएका हुन् । संघको टिकट काउन्टरका व्यवस्थापक डिल्ली भुसालका अनुसार तराईका जिल्लामाभन्दा पहाडी जिल्लामा बसहरु बढी रिजर्व गरेका छन् । उनले भने, “पश्चिम नेपालका पहाडी जिल्लाहरुमा बढी मात्रामा रिजर्व भएका छन, अन्य पहाडी जिल्लाहरुमा पनि २० देखि १५ वटा बसहरु रिजर्व भएका छन् ।”

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय