कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी अघिअघि, एमाले पछिपछि

 मङि्सर ०५, २०७

कास्की : कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा जारी मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

यहाँ जारी मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता लिएका छन्। उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्।

कँडेलले १६२ मत प्राप्त गर्दा एमालेकी भट्टराईले १२२ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारी पत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय