बाँके क्षेत्र न. ३ मा प्रतिनिधि सभा तर्फको मतगणना कार्य सुरु

 मङि्सर ०५, २०७

बैजनाथ : बाँकेमा आजदेखि मतगणनाको कार्य सुरू भएको छ। बाँकेका तीन मध्ये निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभातर्फ बैजनाथ गाउँपालिका वडा नं २ बाट मतगणना केहीबेर अघिबाट सुरू भएको हाे । बाँकी दुईमा सर्वदलीय बैठक बसिरहेको छ।
 
बैठकले मतगणनाका लागि आन्तरिक संहिता बनाएपछि मतगणना सुरू हुनेछ।
 
बाँकेको निर्वाचन क्षेत्र नं १ को मतगणना राप्ती सोनारीमा मतगणना सुरू गर्ने तयारी भइरहेको छ।
 
क्षेत्र नं २ को भेरी प्राविधिक शिक्षालयमा मतगणना हुनेछ। क्षेत्र नं ३ को मतगणना कपास विकास समिति खजुरामा सुरू भइसकेको छ।
 
निर्वाचन कार्यालयका अनुसार बाँकेमा करिब ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। जिल्लाभरि कूल ७९ हजार ८०९ मतदान छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय