बाँके क्षेत्र नम्बर २ को मतगणना प्रक्रिया सुरु 

 मङि्सर ०५, २०७

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ को मतगणना प्रक्रिया सुरु भएको छ । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको सभा हलमा केहीबेर अघि मतगणना सम्बन्धी प्रक्रिया सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत धनसिंह महराले मतगणना प्रक्रिया सुरु भइसकेको जानकारी दिए । ‘मतगणना सम्बन्धी प्रक्रिया हामीले सुरु गरिसकेका छौं,’ उनले भने । मतगणना सुरु हुनुअघि सर्बदलिय बैठक बसेको थियो । त्यसपछि मतगणना सम्बन्धी मुचुल्का तयार गरिएको हो ।

मतगणना स्थल भेरी प्राविधिक शिक्षालय परिसरमा अहिले उम्मेदवार, उम्मेदवारका प्रतिनिधी, निर्वाचन कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको ठुलो संख्यामा उपस्थिती रहेको छ । उता क्षेत्र नम्बर ३ को मतगणना चलिरहेको छ, भने क्षेत्र नम्बर १ मा पनि केहीबेरमा मतगणना सुरु गरिदैछ । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय