मेयर विष्ट आफैं सडकमा निस्किए छाडा पशुचौपाया व्यवस्थापनमा

 मङि्सर ०८, २०७

नेपालगन्ज : बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिकाका मेयर पशुचौपाया व्यवस्थापनमा आफै सडकमा उत्रिएका छ्न ।
छाडा पशुचौपायाका कारण बेला बेलामा हुने दुर्घटनालगायतका समस्यालाई मध्यनजर गर्दै यिनिहरुको व्यवस्थापनमा गर्न आफै सडकमा भएका हुन ।

नगरका विभिन्न ठाउँबाट छाडा पशुचौपायालाई धपाएर नेपालगन्ज–२१, विर्तास्थित काञ्जीहाउस लैजान थालिएको प्रमुख विष्टले बताए ।

नगर प्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशुचौपाया व्यवस्थापन कार्यमा सक्रिय रहेका छन् । नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशुचौपाया काञ्जी हाउस लगिएको हो ।

बिहीबार कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख बोगटीले बताए । सडकमा छाडा पशुचौपाया बढ्न थालेपछि उप–महानगरपालिकाले नियन्त्रण र व्यवस्थापन कार्यलाई अघि बढाएको उनले बताए ।

छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख विष्टले बताए । उनले भने, ‘दैनिकरुपमा नै अब सडकबाट छाडा पशुचौपाया धपाएर काञ्जीहाउस लैजान्छौं । छाडा पशुचौपाया व्यवस्थापनलाई हामी उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।’ सडकमा जथाभावी पशुचौपाया छोड्नेविरुद्ध कडा ढंगले प्रस्तुत हुने पनि विष्टले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय