बाँकेकाे राप्ती नदीमा डुबेर दुई युवाकाे मृत्यु

 मङि्सर १८, २०७

बाँके : राप्ती नदीमा डुबेर बाँकेमा दुई जनाको मृत्यु भएको छ । बयर टिप्न राप्तीको टापुमा पुगेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको मृत्यु भएको हो ।
बयर टिप्न भनि शनिबार घरबाट निस्केका उनीहरु राप्तीमा डुबेर बेपत्ता भएका थिए । दुबै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका थिए । 
अस्थायी प्रहरी चौकी फत्तेपुर (ख) का इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक यमबहादुर बस्नेतले बेपत्ता भएका दुबै जनाको शव भेटिएको जानकारी दिए । शव पोष्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको उनले बताए ।
प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय