जाजरकोटमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु (नामावली सहित)

 मङि्सर २६, २०७

जाजरकोट: जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ४ मा  जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप छेडागाड नगरपालिका ५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जादै गर्दा एक्कासी अनियन्त्रीत दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनाएको छ ।

दुर्घटना परि ९ जनाको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चुदाँलीले नागरिक मतलाई जानकारी दिए । 
मृत्यु हुनेमा
१. छेडागाड नगरपालिका वडा नं. ५ का २८ वर्षिया दिपक अधिकारी
२. छेडागाड नगरपालिका वडा नं. ५ का २६ वर्षिया नैनसरा अधिकारी
३. छेडागाड नगरपालिका वडा नं. ५ का ३५ वर्षिया जैकुवरा बुढा
४. छेडागाड नगरपालिका वडा नं. ५ का राम बहादुर बुढा
५. छेडागाड नगरपालिका वडा नं. ६ का विर बहादुर खत्री
६. छेडागाड नगरपालिका वडा नं. ३ का अम्मर बहादुर खड्का
७. छेडागाड नगरपालिका वडा नं. २ का मान बहादुर रावत
८. छेडागाड नगरपालिका वडा नं. ६ का विरेन्द्र केसी
९. छेडागाड नगरपालिका वडा नं. ५ का देविसरा बुढा
घाइतेहरु
१. छेडागाड नगरपालिका वडा नं. ५ का अमर बहादुर अधिकारी
२. छेडागाड नगरपालिका वडा नं. ५ का जैमान अधिकारी
३. छेडागाड नगरपालिका वडा नं. ५ का निसा अधिकारी
जिपमा सवार कति जना थिए भन्ने वारे खुल्न बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय