जाजरकोटमा डाँडाको नामै फेसबुक डाँडा

 पुष ०१, २०७

काठमाडौं : डाँडाको नामै फेसबुक डाँडा। तपाईंलाई अचम्म लाग्न सक्छ! तर, मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका दशेरा सडक खण्डमा पर्ने एउटा डाँडाको नाम नै फेसबुक डाँडा राखिएको छ। 
फेसबुक डाँडा नाम राखिएको एक वर्ष पुग्न लाग्यो। मध्यपहाडी लोकमार्ग कालोपत्रे गरी सकेपछि सडक छेउमा विभिन्न स्थानका नाम लेख्ने क्रममा स्थानीय युवाले पाँच वर्ष अघिदेखि नै भन्दै आएको फेसबुक डाँडा नामाकरण गरिएको हो।
छेडागाड नगरपालिका–३ हाँडेतोला गाँउमा पर्ने यो डाँडा अहिले फेसबुक डाँडाको नामले प्रख्यात भएको स्थानीय हरिहर अधिकारीले बताए। 
अरू ठाउँमा कतै फोन नटिपे पनि यही ठाउँमा फोन टिप्थ्यो उनले भने, ‘फोन टिप्नुका साथै टुजी फेसबुक चल्ने गर्थ्यो। गाउँका युवायुवती फेसबुक चलाउन यही डाँडामा आउँथे। राति अबेरसम्म बसेर चलाउने गर्थे। दिनभर पनि फेसबुक चलाउने युवायुवती खाली हुँदैनथे। फेसबुक डाँडातिर जाउँ न साथीभाइसँग कुरा गरेर आउँला भनेर कुरा गदै जाँदा सबैको लागि परिचित नाम भएकोले सडक निर्माणको क्रममा सडक छेडमा विभिन्न स्थानको नाम र ट्राफिक संकेत लेख्ने क्रममा सडक निर्माण कम्पनीलाई फेसबुक डाँडा लेख्न लगाएका हौं।’( अन्नपूर्ण)

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय