जानकीमा पालिका स्तरीय विपद् व्यवस्थापन समिति पुर्नगठन

 पुष ०७, २०७

नेपालगन्ज : जानकी गाउँपालिकाको आयोजनामा बिहिवार वडा नम्बर ६ मा पालिका स्तरीय विपद् व्यवस्थापन समितिको पुर्नगठन गरिएको छ । जानकी मातहतका वडा नं. १ देखि ६ वडासम्म पालिका स्तरीय विपद् व्यवस्थापन समितिको एक औपचारिक कार्यक्रमबीच पुर्नगठन गरिएको हो ।
कार्यक्रमामा वडा नं. ६ का वडा अध्यक्ष जगदीश हरिजनले बाढी पिडित, आगलागी, दैवी प्रकोप, महामारी एवं मानवीय सेवाकाे रक्षाको लागि नवगठित समितिलाई सहयोग गर्ने आग्रह गर्नुभयो । विपद्को समयमा तत्काल उद्धार र राहतका लागि नेपाल प्रहरी, स्वास्थ्यकर्मी, रेडक्रस र राजनितक दलका कार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न आग्रह समेत गर्नुभयो ।
उहाँले उद्धारको लागि नेपाल प्रहरी तथा बिपदको समयमा चाहिने अत्याअवश्यक औषधी स्वास्थ्य शाखाले तयारी अवस्थामा राख्ने, राहतको लागि रेडक्रस तथा अन्य निकाय तयारी अवस्थामा रहने र अन्य कार्यालयहरुले दिने सुविधा छिटो भन्दा छिटो प्रदान गर्ने बिषयमा समिती गठन गरिएको बताए ।

सोही कार्यक्रममा विपद् तथा वातावरण समितिका संयोजक राजेन्द्र सिंहले भन्नुभयो ‘मानवीय सेवा नै सर्वोत्तम धर्म हो’ विपद् व्यवस्थापन सम्बन्धी क्रियाकलापहरुको व्यवस्थापनका सन्दर्भमा नवगठित समितिबीच समन्वयात्मक रुपमा कटिबद्ध भएर काम गर्ने बताउनुभयो । उनले पालिका स्तरीय विपद् समिति गठनमा सहयोग पुर्याउन सबैलाई धन्यवाद दिएका थिए ।
विपद् तथा वातावरण व्यवस्थापन समितिको बसेको पालिका स्तरीय बैठकले केही दिनअघि नै दैबिक प्रकोप र विपद्को पुर्व तयारीको लागि पालिका स्तरीय विपद् व्यवस्थापन समितिको गठन गर्ने, सबै विषयगत गठित समितिहरु तयारी अवस्थामा रहने निर्णय गरेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, सामाजिक विकास संयोजक राम अचल धोबी, अध्यक्षका परामर्शदाता सोहराब दर्जी, रेडक्रस जानकी शाखाका सचिव असगर तेली, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक, राजनीतिक दल तथ वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय