मन्दिर अगाडि पुग्दा गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ

 पुष ०, २०७

अर्घाखाँची : अर्घाखाँचीको सुपादेउराली मन्दिर को नाम नसुन्ने सायद बिरलै होलान ।
झण्डै ४ हजार पाँच सय फिटको उचाईमा अवस्थित सुपादेउराली मन्दिर सन्धिखर्क नरपालिकाको वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ मा अवस्थित रहेको छ।

पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । चालकलाई हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् किंवदन्ति अनुसार लाहुर जान हिडेको एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो ।
देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो ।
केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले भाकल बिर्षेछ । देवीको मन्दिर छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ ।सुपादेउराली मन्दिर नजिकको पहरामा पछि लाहुरेको आकृति र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ । अहिले पनि सो बाटो भएर हिँड्ने अधिकाशं गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइअगाडि बढ्दैनन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय