करोडौंको आर्थिक हिनामिना गरेको भन्दै शिक्षकलाई दले मोसो

 पुष १०, २०७

जाजरकोट : जाजरकोट कुशेका एक शिक्षकलाई मोसो दलेका छन् । कुशे गाउँपालिका-४ को हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक रणबहादुर शाहीलाई मोसो दलेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले मोसो दलेका हुन ।

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् । शाही शिक्षण पेसामा आवद्ध हुँदा पनि सोही पालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीहरूले लगाएका छन् ।
साथै शिक्षक शाहीले बैकल्पिक उर्जाको कामलाई समेत अलपत्र पारेको उनीहरूको दाबी छ। यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ ।
शिक्षक शाहीले आफ्नो शिक्षण पेशालाई राजीनामा नदिइ नेपाली कांग्रेस कुशे गाउँपालिकाको सचिव बनेर सिङ्गो शैक्षिक संस्थालाई अस्तब्यस्त बनाएको आरोप समेत लगाइएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय