इलाका प्रहरी कार्यालय जमुनाहका असई विक नगदसहित पुरस्कृत

 पुष १५, २०७

नेपालगन्ज : इलाका प्रहरी कार्यालय जमुनाहमा कार्यरत सहायक प्रहरी निरीक्षक (असई) कुलवहादुर विक पुरस्कृत भएका छन् । आफूलाई दिइएको जिम्मेवारी कर्तब्यनिष्ठ भई प्रहरी संगठनको नीति, निर्देशन अनुरुप कुशलताका साथ कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।

नगद पुरस्कारले पुरस्कृत गर्दा थप हौसला तथा मनोवल बढ्नुका साथै अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी कार्यमा प्रभावकारिता आउने देखिएकोले विक सहित अन्य प्रहरीलाई पुरस्कृत गरेको बाँकेका तत्कालिन प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जनाएका छन् ।
पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुरमा दरवन्दी भएका प्रहरी निरीक्षक नवचन्द्र मल्ल लगायत रहेको बाँके प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय