अज्ञात समुहले खुँडा प्रहार गर्दा नेपालगन्जका तीन यूवा घाइते

 पुष १८, २०७

नेपालगन्ज : धारिलो हतियार प्रहारबाट नेपालगन्जमा तीन यूवा घाइते भएका छन् । अज्ञात समुहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिका १२ का उज्ज्वल शाह, वडा नं. ४ का सुगम शाह र सोही ठाउँका अनुराग शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले बताए ।
नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरस्थित आफन्तको घरमा गएका बेला अज्ञात समुहले दिउँसो सवा २ बजेतिर आक्रमण गरेको उनले बताए ।
घाइते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । आक्रमण गर्ने समुहको खोजी भइरहेको र आक्रमण गर्नुको कारण बारे अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।
भारतीय नम्बर प्लेटको गाडीमा आएका ६ जनाको समुहले गाडी छाडेर भागेको प्रहरीले जनाएको छ । ‘आक्रमण गर्नुको कारण अनुसन्धानपछि मात्र खुल्ने छ,’ उनले भने ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय