तिला नदीमा अटाे खस्दा २ जनाकाे मृत्यु

 पुष २१, २०७

जुम्ला: जुम्लाकाे तिला गाउँपालिका ३ त्रिवेणीमा बिहीवार दिउँसाे अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जुम्लाबाट नाग्मा जाँदै गरेकाे क १ स ११ नम्बरकाे अटाे तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिए । 
प्रहरीका अनुसार पुरनकाे घटनास्थलमै ज्यान गएकाे र आकाशकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएकाे हाे । 
अटोले पाउरोटी ओसारपसार गर्दै आएको थियो । अटो कर्णाली राजमार्गबाट तल तिला नदीको छेउमा खसेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय