अर्घाखाँचीः ढुंगो उच्छिट्टिएर टाउकोमा लाग्दा १ जनाको मुत्यु

 पुष २१, २०७

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ११ जोगीमारेका ओम प्रकाश थापालाई ढुंगाले लागेर मृत्यु भएको छ । ६२ वर्षिय थापा कामको शिलशिलामा मालारानी गाउँपालिका वडा नं. २ झरनामा गएका थिए ।
काम गर्ने क्रममा ढुंगो उच्छिट्टिएर लाग्दा उनको टाउकोमा चोट लागेको थियो । टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा दिउँसो करिव ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको पनि प्रहरी जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय