कोहलपुर जेसिजको शाखा अधिबेशन सम्पन्न अध्यक्षमा आचार्य र जुनियरमा कडेल चयन

 पुष २३, २०७

कोहलपुर: कोहलपुर जेसिजको १४ औं वार्षिक साधारण सभा र १५ औं शाखा अधिवेशन एक कार्यक्रमका बिच सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिका कि उपप्रमुख संगिता सुवेदी द्वारा दियो बालेर कार्यक्रमको समुद्घाघाटन गर्नु भएको हो ।

उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका कि उपप्रमुख संगिता सुबेदिले
जेसिजको नाम सुन्दा बित्तिकै मलाई धेरै आफ्नोपन महसुस हुने बताएकी छिन । ”  हामीलाई  सिक्ने एउटा ठुलो अवसर जेसिजले दिदै आएको र विशेष गरि युवा पुस्तालाई लक्षित गरि जेसिजले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको छ । ” उनले भनिन् ” “उनका अनुसार समाज रुपान्तरणको लागि जेसिजले अग्रगामी भुमिका निवार्ह गरि सामाजिक कार्यहरुमा सक्रिय रहेको र आगामी दिनमा पनि कोहलपुर नगरपालिकाको सहयोग निरन्तर रहने उपप्रमुख संगिता सुबेदिले बताउनुभयो ।

अधिवेशनबाट अध्यक्षमा धुर्व आचार्य , कार्यकारी उपाध्यक्षमा कमल शाही , टीका कुमारी शाही उपाध्यक्षमा अभिषेक जंग राणा , मदन भण्डारी , रमेश थापा र मान बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन ।

अधिवेशनलाई सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष ईश्वर शर्माले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै उनले वर्ष २०२२ मा आफुलाई निरन्तर रुपमा साथ सहयोग गर्ने पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै वर्ष २०२३ मा नया पदाधिकारीहरुले उत्कृष्ट कामहरु गरि जेसिजलाई समाज रुपान्तरणको बाटोमा अगाडि  बढाउनु पर्छ भनी अध्यक्ष शर्माले जोड दिएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष धुर्व आचार्यले वर्ष २०२२ मा अधुरा रहेका कामहरुलाई यो वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनका अनुसार ” समाज रुपान्तरणका लागि युवा पुस्तालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरि उद्यमशीलताको बाटोमा अघि बढाउने र जेसिजको माध्यम बाट अग्रगामी भुमिका खेल्ने नवनिर्वाचित अध्यक्ष आचार्यले बताएका छन ।

कोहलपुर जुनियर जेसिजको ७ औं शाखा अधिवेशन सम्पन्न

कोहलपुर जुनियर जेसिजको ७ औ शाखा अधिबेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ । अधिबेशनले जुनियर जेसिज वर्ष २०२३ का लागि यमु कडेलको अध्यक्षतामा ७ नयाँ कार्यसमिति चयन गरेको छ । नयाँकार्य समितिको कार्यकारिणी उपाध्यक्षमा मुनम भण्डारी र असिम सिग्देल उपाध्यक्षमा बिन्दु बिष्ट , आनन्द कठायत , कृति सिंह ठकुरी  र बिमल मल्ल  सर्वसम्मत चयन भएका छन्  ।

अधिबेशनलाई सम्बोधन गर्दै कोहलपुर जुनियर जेसिज वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष यमु कडेलले वर्ष २०२३ ` उत्कृष्ट वर्ष ´ को घोषणा गरेका छन । ”उनका अनुसार विगतका वर्षहरु भन्दा यो वर्ष समाज रुपान्तरणको लागि  उत्कृष्ट कामहरु गरि जुनियर जेसिजलाई नमुना शाखा बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन । अध्यक्ष कडेलका अनुसार वर्ष २०२३ मा विभिन्न किसिमका तालिमहरु प्रदान गर्ने , सचेतना मुलुक कार्यक्रमहरु गर्ने , स्वास्थ क्याम्प चलाउने लगायत  खेलकुद तिर जोड दिने नवनिर्वाचित अध्यक्ष यमु कडेलले बताएका छन । साथै उनले आफुलाई अध्यक्ष बनाउनको लागि सहयोग गर्ने  सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका छन ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय