प्रदेश १ मा एमालेकाे नेतृत्वमा सरकार बन्याे

 पुष २५, २०७

काठमाण्डाै: प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बनेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो ।
एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट भएको छैन । प्रदेश सरकारमा सम्मानजनक भूमिका नपाएको र आलोपालोको ग्यारेन्टी नभएको भन्दै  माओवादी केन्द्रले तत्काल सरकारमा नजाने बताएपछि तीन दलको संलग्नतामा सरकार गठन भएको छ ।
हिजो आइतवार मुख्यमन्त्रीको दाबी पेस गर्दा भने माओवादीले एमाले नेता कार्कीलाई समर्थन दिएको थियो । मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय