पोखरा छुट्टी मनाउन हिडेका डाक्टर दम्पती र बच्चा कहिले नफर्कने गरि अस्ताए

 माघ ०१, २०७

यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टरको रहेको पुष्टि भएको छ। 
वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ । 
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९एन–एनएनसी एटीआर विमान पोखराकाे सेती खोचमा विहान १०ः५१ मा दुर्घटनामा परेको थियो । उहाँहरु आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन जानुभएको थियो। 
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले कुरा गर्दै अघिल्लो दिनसम्म शल्यक्रिया गरेर बिदा बस्नु भएको जानकारी दिनुभयो। 
डा. सोना दिवाकर भने अहिले पिजिको तयारी गरिरहनुभएको थियो। डा. श्रेष्ठसँग इमर्जेन्सीमा शल्यक्रिया गर्दा कुराकानी भएको थियो,’ डा. मरासिनीले भन्नुभयो, ‘ एक दुई दिन बिदामा बस्ने  भन्नुभएको थियो।’ 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय