विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

 माघ ०१, २०७

पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि त्यसबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् ।
आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। घटनाको जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल दुर्घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाज वरिष्ठ पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले प्लेन उडाएका थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय